Content feed Comments Feed

प्राकृतिक मानव निर्मित सुन्दरता
  • जीवन शर्मा
सौन्दर्य मैदानभित्रका दुइटा मुख्य फाट भनेका मानव निर्मित सौन्दर्य र प्राकृतिक सौन्दर्य हुन् । प्राकृतिक सौन्दर्य मानव अनुभूतिजन्य हुन्छ । त्यो कति बेला अत्यन्तै सुन्दर देखिन्छ त कति बेला वेस्वाद अनाकर्षक र अपि्रय प्रतीत हुन्छ । मानवीय मनोदशाअनुरुप प्राकृतिक सौन्दर्य्र मानव ह्दयभित्र प्रक्षेपित हुन्छ । बाहिर टाढाबाट हेर्दा प्राकृतिक छटा जति राम्रो र आकर्षक देखिन्छ त्यहीँ भित्र प्रवेश गरेर अनुभूत गर्दा त्यो ठीक उल्टोरुपमा प्रस्तुत हुन पनि सक्छ । उदाहरणका लागि हिमाल टाढाबाट हेर्दा अत्यन्तै नेत्रपि्रय हुन सक्छ तर त्यहाको जीवन अवस्था र त्यहीँ गएर बस्दाका क्षणहरु अत्यन्तै कस्टसाध्य हुन्छन् ।
समुद्री ज्वारभाटाहरु टाढाबाट हेर्दा अत्यन्तै सुन्दर देखिन सक्छन् । तर त्यसको वेगबाट उत्पन्न हुने परिणाम कति प्रलयकारी हुन्छ त्यसको कल्पना गर्दा आङ सििर· हुन्छ । समुद्री आधीपछि समुद्रका किनारहरुका संरचनाको दूरावस्थाले जो कोहीको मन पनि उराठलाग्दो र विदीर्ण हुन्छ । प्रकृति हेर्दा सामान्यतया जति सुन्दर देखिन्छ कहिले काहीँ त्यसको स्वभाव अत्यन्तै उज्जण्ड र ध्वंसात्मक हुन्छ । दृष्यावलोकनका लागि प्रकृतिभित्र गहनतम आनन्ददायक गुण अन्तर्निहित हुन्छ जसका कारणले मानिसहरु त्यसप्रति अत्यन्तै आकर्षित हुन्छन् नजिकिन्छन् र आह्लादित हुन्छन् । तर त्यसको ध्वंसात्मक चरित्र भयावह हुन्छ । विभत्सीकरण ज्वारभाटाको चरित्र हो । आÇनो स्वभावअनुसार सुनामीले प्राकृतिक वा मानव निर्मित संरचनाहरु ध्वस्त पार्छ । त्यही ध्वंसात्मक चरित्रभित्र उसको सुन्दरता छिपेको हुन्छ । प्रकृतिको आखाबाट हेर्दा जुन सुनामीबाट सबभन्दा बढी भौतिक संरचनाहरु ध्वस्त हुन्छन् शायद त्यही सुनामी नै अति सुन्दर मानिन्छ । आकासबाट उत्पन्न हुने चट्ऽाङबाट मानिसमाथि पर्ने बज्रपात कति भयावह हुन्छ तर त्यसको त्यो स्वभावका कारणले उसको सौन्दर्यात्मक मुल्य नस्ट हुदैन । आफू सुरक्षित ठाउमा बसेर ती प्राकृतिक गतिविधि नियाल्दा मानिसलाई उच्चतम आनन्दको अनुभूति हुन्छ । तर प्रकृतिबाट यथेष्ट मात्रामा यस्तोप्रकारको आनन्द प्राप्त गर्न मानिस मानसिक तनावबाट मुक्त हुनु जरुरी हुन्छ । मानसिकरुपबाट तनावमुक्त हुन मानिसका न्युनतम आधारभूत आवश्यकताहरु पूरा हुनु जरुरी हुन्छ । यस अर्थमा प्रकृतिबाट प्राप्त हुने आनन्दसग पनि मानिसको वर्गीय स्थिति जोडिन पुग्छ ।
मानिसको सुन्दरता अनुभूति गर्नेे मनोदशालाई उसको वर्गीय स्थिति र जीवनदशाले प्रभाव पार्दा उही प्रकृति पनि कसैलाई मनोरम र कसैलाई बिना अर्थको वा कहिलेकाही रिस उठ्नेखालको देखिन्छ । वर्गीय समाजमा हरेक चीजमाथि वर्गीय प्रभाव परेकै हुन्छ । प्राकृतिक सुन्दरताको अनुभूति गर्ने सवालमा त वर्गीय प्रभाव पर्छ भने मानव निर्मित कलाभित्र त्यो ´न् कैयौ गुणा बढी हुनु स्वाभाविकै हो । चाइनाको ग्रेट वाल भनौ वा इजिप्टको पिरामिड प्रुान्सको एफेल टावर भनौ या बेबिलोनको हेि·· गार्डेन सबैका पछाडि कुनै न कुनै रुपमा वर्गीय स्वार्थ छिपेकै हुन्छ । पुजीपति वर्गले आफूलाई हित हुने प्रकृतिका संरचनाहरु निर्माण गर्छ र तिनलाई सबैका निम्ति हो भनेर प्रचार गर्छ । तर सर्वहारा वर्गले आÇनो ध्येय लुकाउदैन र उद्घोष गर्छ ः हामी आÇनो वर्गका निम्ति आÇनै संसार निर्माण गर्छौ । जुन सौन्दर्य पुजीपति वर्गले आÇनो वर्गीय स्वार्थका लागि निर्माण गरेको हुन्छ त्यसलाई सर्वहारा वर्गले या त आÇनो वर्गीय स्वार्थअनुरुप रुपान्तरित गरेर संरक्षण गर्छ या त त्यसलाई इतिहासको पानामा सीमित गरिदिन्छ । तसर्थ सौन्दर्य बोधभित्र कुनै न कुनै रुपमा आर्थिक जीवनको प्रभाव परेकै हुन्छ ।
सौन्दर्य वस्तुगत सत्तामा आधारित हुने हुनाले सामाजिक उत्पादनसग सौन्दर्यको प्रगाढ सम्बन्ध हुन्छ । जब�ँजब सर्वहारा वर्ग सचेत हुदै गयो तबँतब यसले आÇनो वर्गीय संस्कृतिको पहिचान निर्माण र विकास गर्दै गयो । अहिले संसारभरि सुस्पष्टरुपमा दुईथरिका संस्कृतिहरुको निर्माण र विकास भैरहेको छ । तदनुसार सौन्दर्य शास्त्र पनि दुई वर्गमा विभक्त छ । माक्स्रवादको विकाससगँसगै सर्वहारा वर्गले सचेत र व्यवस्थितरुपमा आÇनो कला साहित्य संस्कृति र सौन्दर्यात्मक मुल्यको विकास गर्दै आएको छ । सर्वहारा वर्गको साहित्य र सृजना जति बढी सुन्दर हुन्छ पुजीपति वर्गलाई त्यो त्यति नै बढी असह्य हुन जान्छ । चेर्निसेब्स्कीको उपन्यास æके गर्नेÆमाथि जार सरकारले प्रतिबन्ध लगायो र यसका लेखकलाई साइबेरिया निस्कासन गर् यो । विश्वका कैयौं तानाशाहहरुले सर्वहारा वर्गका लेखकहरुलाई फासी दिएका उदाहरणहरु ताजै छन् । नेपालमा पाचायतकालमा गरीब दुखीको पक्षमा लेखिएका कैयौ पुस्तकहरु प्रतिबन्धित थिए । रक्तिम परिवारका गीतहरु सुन्न प्रतिबन्ध थियो । ती गीत सङ्गीत साहित्य र कला गरीब दुखी किसान ज्यामी र सर्वहारा वर्गका लागि सौन्दर्यात्मक दृष्टिले उच्च मुल्यका थिए भने तिनै सांस्कृतिक सामाग्रीहरु सामन्त वर्गका लागि असह्य र अत्यन्तै अपि्रय बन्न पुगे । त्यसैले सौन्दर्य वर्गीय हुन्छ भन्ने कुरा छर्ल· छ ।
पुजीपति वर्गीय कला साहित्य र संस्कृति रुपका दृष्टिले अहिले निकै आकर्षक देखिन सक्छ । उनीहरु एउटा सांस्कृतिक सामाग्री निर्माण गर्न लाखौ करोडांै रुपियाँ खर्च गर्छन् । त्यो धनको बलमा उनीहरुले चक्ष्ापि्रय कर्णपि्रय र मनमोहक सौन्दर्य सामाग्रीहरु सृजना गर्दछन् । अत्याधुनिक प्रविधि पनि उनीहरुसगै हुन्छ । तर सर्वहारा वर्गले बुड्ढनैपर्ने कुरा के हो भने पुजीपति वर्गले आÇनो वर्गहितका लागि तयार पारेका कला सामाग्रीहरु जति बढी आकर्षक देखिन्छन् सर्वहारा वर्गका लागि ती त्यति नै बढी विषयुक्त र खतरापूर्ण हुन्छन् । आर्थिकरुपले विपन्न अवस्थाबाट सृजना गरिएका हुनाले सर्वहारा वर्गका सांस्कृतिक सामाग्रीहरु रुपका दृष्टिले पुजीपति वर्गका भन्दा कम आकर्षक देखिन सक्छन् । तर ती सर्वहारा वर्गका लागि अमृत तुल्य हुन्छन् । त्यसैले सर्वहारा वर्गले आÇनै वर्गका कला साहित्य र संस्कृतिको अवलम्बन गर्नु उपयुक्त हुन्छ । पुजीपति वर्गले अरबौ रुपियाँ खर्च गरेर आÇनो वर्ग पक्षीय कला÷साहित्यको सृजना विकास र प्रचार प्रसार गर्छ भने सर्वहारा वर्गले पनि आÇनो सम्पूर्ण शक्ति लगाएर आÇनै कला÷संस्कृतिको विकास गर्नु जरुरी छ । अथक मिहिनेत अनवरत प्रयत्न र कडा सङ्घर्षर् ारा मात्र त्यो काम अगाडि बढाउन सम्भव हुन्छ । सर्वहारा वर्गका स्रष्टा उनीहरुलाई सहयोग गर्ने सचेत व्यक्तित्वहरु तथा सङ्घ÷ संस्थाहरु र आम दर्शक तथा श्रोताहरुको सामुहिक प्रयत्नबाट मात्र जनताका कला÷साहित्य तथा संस्कृतिहरुलाई माथि उठाउन सकिन्छ । सर्वहारा वर्गका कलाकार साहित्यकार र सांस्कृतिककर्मीहरुले पनि अहोरात्र खटेर जनताका लागि रुचिपूर्ण र आकर्षक सामाग्रीहरु तयार गर्न जरुरी छ । खाए खान्छन् नखाए घिच्छन भने जस्तो गरेर सर्वहारा वर्गको नाममा जस्ता पाइ तेस्ता सृजनाहरु तयार गर्नु राम्रो हुदैन । सर्वहारा वर्ग आफै सङ्गठित हुन त्यसको वरिपरि आम जनसमूहलाई गोलबन्द गर्न र सबैलाई जनवादी आन्दोलनमा अगाडि बढाउनका लागि उच्च सौन्दर्यात्मक मुल्य भएका सर्वहारा वर्गका कृतिहरु तयार गर्नु आजको युगीन दायित्व हो । यसले निर्णायक लडाईका लागि अहिलेको अवस्थामा गोला बारुदले भन्दा बढी काम गर्न सक्नेछ । यस्तै सृजनाह�रु सर्वहारा वर्गका अहिलेका उच्च सौन्दर्य मुल्य भएका सृजनाहरु हुन ।

1 Responses to प्राकृतिक र मानव निर्मित सुन्दरता

  1. Unknown Says:
  2. do u know one song khoi saila timro khukuri topi




     

Post a Comment

Download songs

Dear visitor
we know you are so interested to listen songs of raktim pariwar. we know it and we are planning to upload songs in this blog. it may take some time to upload our songs. we have found some site give facilities to downoad some songs. you can directly go to that site by clicking here. thank you.

About Us

My Photo
raktim pariwar
रक्तिम परिवार २०४२ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै जनताका गीत गाउदै आएको रक्तिम परिवार जनबादी गायन मा नेपालमै अग्रणी समुह हो ।
View my complete profile