Content feed Comments Feed

उस्तै छ हामीलाई पिरलो

उस्तै छ हाम्रो अवस्था

उस्तै छ शासन जनतलाई

उस्तै छ फेरी ब्यबस्था



फेरिए घुम्ने कुर्सिमा शासन गर्ने मान्छे हरु

फेरियो रुप सोसण को फेरिए लुट्ने मान्छेहरु

उस्तै छ रुप देशको

उस्तै छन् दुखि जनता

उस्तै छ दमन हामिलाइ

उस्तै छ फेरि ब्यबस्था



गर्जनै पर्छ बसन्त झन् ठुलो हुन्कार् बोकेर

उठ्नु नै पर्छ जनता मुक्तिको बिगुल् फुकेर

सामन्ति जालमा परेर फेरिन्न हाम्रो अवस्था

बर्गिय युद्ध जितेर ल्याउनुछ नया ब्यबस्था

उस्तै छ हामीलाई पिरलो

उस्तै छ हाम्रो अवस्था

उस्तै छ शासन जनतलाई

उस्तै छ फेरी ब्यबस्था

0 comments

Post a Comment

Download songs

Dear visitor
we know you are so interested to listen songs of raktim pariwar. we know it and we are planning to upload songs in this blog. it may take some time to upload our songs. we have found some site give facilities to downoad some songs. you can directly go to that site by clicking here. thank you.

About Us

My Photo
raktim pariwar
रक्तिम परिवार २०४२ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै जनताका गीत गाउदै आएको रक्तिम परिवार जनबादी गायन मा नेपालमै अग्रणी समुह हो ।
View my complete profile