Content feed Comments Feed

धरापमा आस्थाको संगीत

Posted by raktim pariwar Tuesday, August 25, 2009


संघर्षया क्रान्तिका बेला सबै नेताहरू सिद्धान्तका कट्टर अनुयायी हुन्छन् । त्यस अवस्थामा उनीहरू जनतामाझ आफ्ना विचार लिएर जान कि शिक्षकको कि त कलाकारहरूको फेर समाउँछन् । कलाकारहरूले मञ्चमा ओर्लेर जनताको पीरव्यथा भन्दै त्यसका विरुद्ध लड्न जोसिला गीत गाउँछन् । जनता विगत र वर्तमानका आफ्ना सारा भुक्तमान बिर्सेर सुखद भविष्यको सपना देख्न थाल्छन् । अनि, नेता त्यसैको आडमा मञ्चमा चढ्छन् र रूपान्तरणका तात्ताता भाषण गरेर जनताको मन फर्काउँछन् । यसरी कलाकारका गीत-संगीतको मोहमा बाँधिएका जनतालाई समेट्दै आफ्नो संगठन विस्तार गर्दै जान्छन् । र, एक दिन सम्पूर्ण सत्ता आफ्नो हातमा लिन्छन् ।त्यस दिनपछि विस्तारै राजनीतिक दल र सांस्कृतिककर्मीहरूबीच दूरी बढ्दै जान्छ । मञ्चमा उभिएर हजारौँ जनतामाझ सत्ताधारी सैनिकको गोली थाप्न नडराउने सांस्कृतिककर्मी आफ्नै नेताको उपेक्षा र तिरस्कार सहन नसकी कुण्ठित हुन्छ या अन्यत्रै पलायन हुन्छ । कुनै पार्टीविशेषको प्रचार-प्रसारका लागि खोलिएका अधिकांश संगठनहरू यस नियतिका सिकार हुँदै आएका छन् । "जब राजनीतिक विचलन हुन्छ, नेतृत्व कुर्सीमोहमा चुर्लुम्म डुब्छ अनि नेताहरूमा रहेको सांस्कृतिक चिन्तन पनि समाप्त हुन्छ," लामो समयसम्म नेकपा एमालेको सांस्कृतिक फाँटको नेतृत्व गर्दै आएका जनगायक जेबी टुहुरेका यी मार्मिक अनुभव र अनुभूतिले माथिका कुराको पुस्ट्याइँ गर्छ । "हामीले भ्रष्ट र अनैतिकहरूका विरुद्धमा आवाज उठाउँदा तत्कालीन माले पार्टीले हामीलाई गलहत्यायो," जनवादी गायनका एक शीर्षस्थ हस्ती रामेश भन्छन्, "अहिले मलाई माओवादीको मञ्चमा देख्दा यिनीहरू आत्तिएर प्रलाप गर्न थालेका छन् तर म माओवादी होइन ।"के यस्ता सांस्कृतिक संघ-संस्थाहरूलाई नेताले सत्ता प्राप्तिकै लागि मात्र प्रयोग गर्ने गर्छन् ? होइन भने प्रतिबन्धित अवस्थामा पार्टीका नेता-कार्यकर्तालाई जनताको सम्पर्कको बाटो देखाउने कलाकार उसको पार्टी सरकारमा पुगेपछि किन अस्ितत्वहीनजस्ता हुन पुग्छन् ? कुनै समय माओवादीको सांस्कृतिक फाँट हेर्ने र आज आफ्नै स्वतन्त्र पार्टी खोलेर काम गररिहेका मणि थापाका विचारमा नेताहरू कलाकारलाई चिन्तन र विचार नभएका खालि कोरा भावुकतामा बग्ने मानिस ठान्छन् । "त्यसैले सत्ताप्राप्तिपछि राजनीतिक दलले यिनीहरूको प्रयोजन सकियो भन्ने ठान्छन् र कुनै गणना गर्दैनन् ।" थापा भन्छन्, "कलाकारहरू राजनीति त गर्छु भन्छन् तर वैचारकि रूपमा अशक्त हुने भएकाले राजनीति गर्नेहरूमाझ अझ हेपिन्छन् ।"तर, माओवादीनिकट माइला लामा यी कुरालाई ठाडै अस्वीकार गर्छन् । भन्छन्, "हाम्रो संगठनमा यस्तो प्रवृत्ति हावी भयो भने हामी पार्टीभित्रै विरोध गर्छौं, सशक्त संघर्ष गर्छौं । विगतमा हामीले यस्ता संघर्षहरू गरेका पनि छौँ ।" तर पनि विचलन यथावत् । ०२३ सालतिर संगठित भएर राजनीतिक विभाजनकै कारण समाप्त भएको 'राल्फा' पछि संगठित हरेक वामपन्थी सांस्कृतिक संगठनहरूको नियति जन्मँदै र मर्दैमा सीमित छ । रामेशका अनुभवमा, जुन कलाकारले क्रान्तिका लागि आधारभूमि बनाइदिए, तिनै कलाकारलाई पार्टीले दूधको माखोलाई झैँ निकालेर फाले । माओवादीदेखिकै अनुभव सँगाल्दै आएका मणि थापाको बुझाइमा राजनीतिक दलहरूले कलाकर्मीहरूलाई आफ्नो दुनो सोझ्याउन विभिन्न अवसरहरूमा प्रयोग गर्ने गरेका छन् । "क्रान्तिमा होस् या चुनावमा, पार्टीले कलाकारलाई उपयोग गर्छन् र काम सकिएपछि उपादेयता नै समाप्त भएको ठानी वास्तै गर्दैनन्," थापा भन्छन् । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको पनि राजनीतिक पार्टीप्रति कम गुनासो छैन । ०४६ होस् या ०६२/६३ को होस्, हरेक जनआन्दोलनले स्रष्टा-कलाकारको सहभागितापछि मात्र उभार पाएका छन् । हरेक रूपान्तरणमा कलासंस्कृतिकर्मीहरू अग्रपंक्तिमा हुन्छन् । उनीहरूको उपस्िथतिले आन्दोलनलाई माथिल्लो उचाइमा टेकाइदिन्छ । थापा भन्छन्, "तर, हरेक आन्दोलनले उपलब्धि पाइसकेपछि भने हरेक पार्टीले स्रष्टा-कलाकारको अवमूल्यन गर्छ, अपमान गर्छ ।" नेपाली कांग्रेसका अधिकांश नेता-कार्यकर्ताको व्यवहारमा उनले यही रवैया पाएका छन् । अहिले पनि नेताहरू कलाकारलाई कि त 'गवैया' भनेर बोलाउँछन् कि त 'नटुवा' । एकदमै हेय भावले हेर्छन्, मानौँ यी पारसी थियटरका नौटंकी हुन् ।कांगे्रसीवृत्तमा त कलाकारहरू खालि मनोरञ्जनका साधनका रूपमा स्वीकारन्िछ । तर, तीर्थ थापाले अहिले भने यो सोचाइमा विस्तारै परविर्तन हुँदै आएको अनुभव गरेका छन् । विचारले प्रजातन्त्रबाट, लोकतन्त्र र यसबाट पनि गणतन्त्रमा रूपान्तरणको फड्को मारेजस्तो । "गिरजिाबाबुले यसपल्टको क्षेत्रीय भ्रमणमा हाम्रो गीत सकिएपछि मात्र भाषण गर्न थाल्नुभयो," तीर्थ भन्छन्, "उहाँ भन्नुहुन्थ्यो, नेपाली कांग्रेसबारे म केही बोल्दिनँ, यही गीतले सबै कुरा अथ्र्याउँछ ।" मसाल निकट सांस्कृतिक संगठनका एक सक्रिय संस्कृतिकर्मी जीवन शर्मा यी सबैका विचारभन्दा पृथक् देखिन्छन् ।
उनी आफ्ना जमातका कलाकारले अपमानबोध गर्नुपर्ने अवस्था तत्काल आइनहाल्ने अनुमान गर्छन् । किनभने, "हाम्रो कुरा अरू पार्टीको भन्दा फरक छ, म हाम्रो पार्टी तत्काल सरकारमा जाने सम्भावना देख्दिनँ । त्यसैले 'सर्वहारा'का गीत गाउन छाड्नुपर्ला भन्ने कुरामा पटक्कै चिन्ता छैन ।" कथम्कदाचित उनको पार्टी सत्तामा पुग्यो र नेतृत्वले 'जनगीत गाउन पुग्यो, अब पुँजीपतिलाई सघाउने कान्छाकान्छीका गीत गाऊ' भन्यो भने उनी मान्दैनन् । ढिपी गर्छन्, "त्यतिबेला पनि म सर्वहाराकै गीत गाउनेछु ।"यो समयले बताउने कुरो हो । किनभने, वामपन्थी विचारधारा बोकेर संगीतको स्वर उराल्ने धेरै कलाकारहरू आज त्यो पार्टीको रवैयाबाट विरक्तिएर कोही अर्कै पार्टीको फेर समाउन पुगेका छन्, कोही कम्युनिस्ट विचारधारालाई नै त्यागेर स्वतन्त्र हुनपुगेका छन् । "एमालेबाट आफू अपमानित भएको महसुस गरेर माओवादीमा गएको हुँ, त्यहाँ पनि हाम्रो सुनुवाइ भएन, कलाकारको पीरव्यथा बुझिएन भने म माओवादी पनि छाडेर स्वतन्त्र हुने छु," टुहुरेका यी भनाइले त्यहाँ पनि आशंकाहरू विद्यमान रहेको संकेत गर्छ । तर, रामेश ठाडै भन्छन्, "माओवादीले पनि कलाकारका हितमा अहिलेसम्म केही गर्न सकेन ।"सामान्यतया एउटा कलाकारको मनोविज्ञानले भन्छ, नेता र कलाकार समान हुन् । तर, क्रान्तिका समयमा एउटै भाँडाको भात खाएका कलाकारलाई पार्टीले राज्यसत्ता प्राप्त गरेपछि असमान व्यवहार गर्छ । हिजोसम्म काँधमा काँध मिलाएर हिँडेका नेता र कलाकारबीच व्यावहारकि रूपमा समेत ध्रुवीकरण हुन थाल्छ । अनि, कलाकारले सोच्छ, नेताले हाम्रै बलमा क्रान्ति सफल पारे तर अहिले हामीमाथि विभेदपूर्ण व्यवहार गररिहेछन् । नेताले ठान्छन्, कलाकारको काम क्रान्तिका बेला जनता आकषिर्त गर्नु थियो तर अब त्यो काम समाप्त भइसक्यो । त्यसैले राजनीति गर्ने हामीसँग यिनले अब पूर्ववत् समानताको व्यवहार गर्न सुहाउँदैन ।"कति हाम्रै गीत सुनेर कम्युनिस्ट भएका छन्," उदाहरण नै दिन्छन् टुहुरे, "रकम चेम्जोङलाई त मैले पढाएको पनि र राजनीतिक शिक्षासमेत दिएको हुँ ।" यिनै चेम्जोङ मन्त्री भए तर विचरा टुहुरे आज पनि चप्पल घिसारी नै रहेका छन् ।अब प्रश्न उठ्छ, हिजो प्रतिबन्धित अवस्थामा जनवादी गीत गाएर गाउँघरलाई ब्यूँझाउने कलाकारका स्वरहरूमाथिको प्रतिबन्ध फुकुवा भएपछि किन मधुरो हुन्छन् ? किन जनतामाझै पुग्न सक्तैनन् ? "जुनसुकै पक्षका भए पनि सिर्जना मुख्य हो भन्ने कुरा जनवादीहरूले बुझ्दैनन्," मणि थापा भन्छन्, "उनीहरू विचार र सिर्जनाका आधारमा होइन, नेता र पार्टीका लागि मात्र सोचेर सिर्जना गर्छन्, जुन दायरा सीमित हुँदै अन्ततः विलीन हुन्छ ।" प्रविधि र कलात्मताका हिसाबमा पनि यस वर्गका कलाकारहरू मूलधारका कलाकारका तुलनामा कमजोर देखिन्छन् । कतै कसैसँग प्रतिस्पर्धा नगर्नु परेपछि स्वतः स्पष्ट छ, यिनको सिर्जनामा परस्िकार पनि आउन सक्तैन । मुख्य कारण यही नै हो, जनवादी कलाकारहरूले व्यापकता पाउन सकिरहेका छैनन् । अर्को कारणचाहिँ रामेशको विचार सापट लिएर भन्दा पार्टीले उचित संरक्षण र सहयोग गर्न नसकेकाले यस्तो भएको हो । "कुनै समय एमालेका क्याडर कलाकार भनेर चिनिएकाहरू दुई छाकको जोहो गर्न आज सस्ता दोहोरी र रोदीघरहरूतिर बजाउने काम खोजेर भौँताररिहेका छन् ।" उनीहरू आफूले सिकेको विचार र सिद्धान्तका विरुद्ध जँड्याहा र उद्दण्डलाई रमाइलो गराउँदै हिँडेका छन् । स्वाभाविक छ, यसले रामेशहरूको मन कटकटी खान्छ । तर, मसाल सत्तामा आयो भने जीवन शर्माले चाहिँ आफ्नो उद्देश्यलाई विचलित हुन नदिने संकल्प गरेका छन् । उनी आज पनि आफ्नो सम्पूर्ण सांगीतिक ऊर्जा 'सर्वहारा'कै लागि समर्पण गर्ने उद्देश्यले सिर्जनामा लागेका छन् । जनवादी संगीत र कलाकार सतहमा आएपछि दुर्गतिमा पर्छन् । यो राजनीतिक क्षेत्रले नस्याहारेकाले मात्र भएको होइन । कलाका लागि प्रशिक्षण पनि चाहिन्छ, अध्ययन र ज्ञान पनि आवश्यक पर्छ । तर, त्यस क्षेत्रबाट आएका अधिकांश कलाकारमा संगीतको सैद्धान्तिक ज्ञान छैन । उनीहरूले गाउँदागाउँदै गाउन सिके, बजाउँदाबजाउँदै बजाउन सिके । उनीहरूको ज्ञानको सीमा भनेको यति नै हो । हुन त यिनीहरू नारायणगोपालहरूलाई बुर्जुवा गायक भनेर आनन्द लिन्छन् । तर, नारायणगोपालहरूमा भएको प्रतिभाबाट सिकेर आफ्नो कलामा रूपान्तरण गर्न चाहँदैनन् या सक्तैनन् । उनीहरूले गाएका गीतहरू विचारका हिसाबले मात्र सुनिए, कलाका हिसाबले होइन । यसलाई नाराबाजी गीत भन्दा पनि अन्याय नहोला । यसैले हो, क्रान्ति सकिएपछि यस्ताखाले संगीतको मूल्य समाप्त हुन्छ । नत्र स्रष्टा-कलाकारलाई आफ्नो कौशल प्रदर्शन गर्न कुनै राजनीतिको शरण नै किन खोज्नुपथ्र्यो ? कारण यही हो, हरेक राजनीतिक परविर्तनपछि यस्तो खाले संगीत र यसलाई डोर्‍याउने कलाकारको अवस्था धरापमा पर्छ, पररिहेको छ ।
source: kantipuronline.com

0 comments

Post a Comment

Download songs

Dear visitor
we know you are so interested to listen songs of raktim pariwar. we know it and we are planning to upload songs in this blog. it may take some time to upload our songs. we have found some site give facilities to downoad some songs. you can directly go to that site by clicking here. thank you.

About Us

My Photo
raktim pariwar
रक्तिम परिवार २०४२ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै जनताका गीत गाउदै आएको रक्तिम परिवार जनबादी गायन मा नेपालमै अग्रणी समुह हो ।
View my complete profile