देश संविधानविहीनताको दिशातिर अघि बढ्न खोज्दैछ। नेपाल र नेपालीको भलो नचाहनेहरू परिस्थितिलाई त्यही दिशामा लैजान खोज्दैछन्। मुख्यगरेर देशीय सामन्तवाद र भारतीय विस्तारवादले नेपाललाई असफल राष्ट्रमा परिणत गरी आ–आफ्नो स्वार्थअनुकूलको परिस्थिति निर्माण गर्न खोजिरहेको छन्। उनीहरू नेपालको पुरानै अर्धसामन्ती र अर्ध–औपनिवेशिक स्वरूपलाई नवीकरण गरी आ–आफ्नो अनुकूलको शासन व्यवस्था थोपर्ने दाउमा छन्।
देशका ठूला दलका नेताहरूमा दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितअनुरूप काम गर्ने फराकिलो दृष्टिकोणको विकास नह147ुदा जनतामाथि भर नपरी साम्राज्यवादी तथा विस्तारवादी शक्तिलाई गुहार्ने प्रवृतिले देशको राष्ट्रिय संस्कृति अराजक संस्कृतिको रूपमा परिणत ह147ुदै गइरहेको छ। यसले गर्दा ठूला दलका नेताहरू जतिबेला जहा147, जे बोल्ल मन लाग्यो त्यही बोल्दै हिंड्दा जनतामा अविश्वास, अन्यौल र निराशाको वातावरण फैलिदै गएको छ। सत्ताधारी नेताहरू सत्तामै टा147सिरहन र सत्ता बाहिरका जसरी पनि सत्तामा पुग्नको लागि जनताको म्याण्डेडको कुनै प्रवाह नगरी विदेशी शक्तिको इशारामा चल्ने प्रवृत्तिले देशको राजनैतिक संस्कार विद्रूप बन्दै गइरहेको छ।
नेपाल एउटा स्वतन्त्र सबल र समृद्ध राष्ट्रको रूपमा उभिन चाहिरहेको छ। जातीय तथा क्षेत्रीय सद्भाव, एकता र मेलमिलाप त्यसको लागि अनिवार्य शर्त हो तर देशलाई जातीय–क्षेत्रीय साम्प्रदायिकताको आधारमा टुक्राएर राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रको अस्तित्वलाई नै समाप्त पार्ने सोचहरू अगाडि आएका छन्। जातीय आधारमा आत्मनिर्णयको अधिकारसहितको संघीयताको परिकल्पना एवम् 'एक मधेश, एक प्रदेश जस्ता पृथकतावादी सोचहरूले देशलाई विखण्डनको दिशातिर लगिरहेका छन्। स्ारकारले जातीय र क्षेत्रीय आधारमा १४ ओटा प्रदेशहरूको घोषणा गर्नुले स्थितिलाई थप गम्भीर बनाएको छ। यस सन्दर्भमा सर्वप्रथम जातीय राष्ट्रको बारेमा स्टालिनको परिभाषाबाट यस विषयलाई अगाडि बढाउन उपयुक्त हुनेछ। स्टालिन भन्नुहुन्छ “एउटा साझा भाषा, साझा इलाका, साझा आर्थिक जीवन र साझा संस्कृतिमा व्यक्त हुने मनोवैज्ञानिक स्वरूपका आधारमा निर्मित एक ऐतिहासिकरूपले स्थापित स्थिर जनसमुदाय नै राष्ट्र (लबतष्यल) हो” (मार्क्सवाद र जातीय सवालबाट)। नेपाल राष्ट्र विभिन्न जातीय समूहहरूको समष्टि हो या विभिन्न राष्ट्रहरूको समष्टि? यो विषयमा सैद्धातिकरूपले नै छलफल चलाउनुपर्ने आवश्यकता छ। स्टालिनको माथिको परिभाषालाई हेर्दा रूस नेपालभन्दा कैयन ठूला राष्ट्रहरू मिलेर बनेको बहुराष्ट्रिय देश हो। त्यहा147 छरिएर रहेका राष्ट्रहरूलाई शक्तिशाली राष्ट्रकारूपमा परिणत गर्न र रूसी साम्राज्यवादी उपनिवेशबाट मुक्त हुन पाउने अधिकारकारूपमा लेनिनको कालमा आत्मनिर्णयको अधिकारसहितको संघीय अवधारणा आएको थियो। भारतमा पनि ब्रिटिस साम्राज्यवादको अन्त्यपछि छरिएका राष्ट्रहरूको प्रतिनिधिहरूको सहमतिमा अर्ध संघीय प्रकारको राज्य व्यवस्था निर्माण गरिएको थियो तर नेपालमा त्यसप्रकारको वस्तुगत आधारहरू छैनन्। नेपाल विभिन्न्ा जाति–जनजातिहरूको अर्न्तघुलनबाट एउटा राष्ट्रकोरूपमा विकसित हुन थालेको संक्रमणकालीन अवस्थाको देश हो। यस्तो देशमा विभिन्न जाति वा जनजातिहरूलाई राष्ट्रकोरूपमा व्याख्या गरेर थप आत्मनिर्णय अधिकारसहितको जातीय राज्य (संघ) बनाउन खोज्नु नेपाललाई एउटा सबल राष्ट्र बन्न नदिने देशी वा विदेशी शक्तिहरूको प्रपञ्ज हो।
राज्य सञ्चालनका दुई ओटा पाटाहरू हुन्छन् – (क) आधार (ख) अधिरचना, यी दुई पक्षहरू एकअर्कास147ग घनिष्टरूपबाट जोडिएका छन् र एकअर्कालाई प्रभावित पार्ने गर्दछन्। आधार आर्थिक जग हो भने अधिरचनाभित्र दर्शन, नीति, नियम, नैतिक मूल्य–मान्यता, राजनीति, धर्म, भाषा, साहित्य, संस्कृति आदि पर्दछन्। आधारले अधिरचनालाई निर्देशित गर्दछ, समाजमा चल्ने अन्तरविरोधहरूलाई तात्कालीनरूपमा भएपनि समाधान गर्न आधारलाई फेर्न समेत मद्दत गर्दछ। नेपालको पचासौं वर्षदेखिको समाजिक अन्तरविरोधले सार्वभौम सत्ता जनतामा निहित गराउन संविधान सभामार्फत सामन्ती आर्थिक आधारलाई परिवर्तन गर्न खोजिएको हो तर अहिले नेपालमा निर्माण गर्न वा लागू गर्न खोजिएको अधिरचना (संविधान)ले देशको अर्धसामन्ती र अर्धऔपनिवेशिक आधार समाप्त गर्नुको सट्टा नया147–नया147 सामन्ती राज्यहरू खडा गर्ने र तिनीहरूमार्फत साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूको औपनिवेशिक शोषणलाई अरू मजबुद पार्ने बढी सम्भावना छ। परिणामतः यसले नेपाली समाजलाई जनवादी गणतन्त्रको दिशामा अगाडि बढाउनेतर्फ अवरोध सिर्जना गर्ने बढी सम्भावना छ। यसरी सकेसम्म संविधान बन्न नदिएर देशलाई अराजकतातिर धकेल्ने र संविधान बनिहाले पनि त्यो सामन्ती, साम्राज्यवादी तथा विस्तारवादी शोषण अनुकूल हुने गरी बनाउने खतरा खम्भीर रूपमा देशको सामु खडा भएको छ।
आज नेपाली राष्ट्रियताको सन्दर्भमा राष्ट्रियताका सबल र दुर्बल पक्षहरू देशभित्र विद्यमान छन्, तिनीहरूलाई बु147दागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ –
सबल पक्षहरूः
(क) विदेशी शक्तिहरूप्रति शासक वर्गहरूमा देखापरेका आत्मसमर्पणवाद तथा दलालीको प्रवृत्ति देखिएतापनि देशका अत्यधिक नागरिकहरूमा देशभक्तिपूर्ण भावना प्रचुर मात्रामा विद्यमान हुनु।
(ख) नेपाल दुई ठूला शक्तिशाली देशहरूको बीचमा अवस्थित एक स्वतन्त्र राष्ट्र हो। यसका दुई छिमेकी मुलुकहरूमा फरक–फरक प्रकारको राजनीतिक व्यवस्था कायम छ। ती दुई मुलुकबीच विभिन्न समयमा विविध विषयहरूमा तनाव, खिचातानी तथा लडाईं समेत हुने गरेको छ। यस्तो स्थितिमा सन्तुलित कुटनीति अपनाउन सके नेपाली राष्ट्रियतामाथि आइपर्ने खतराबाट बच्न सकिने प्रशस्त सम्भावनाहरू छन्। (ग) ऐतिहासिक कालखण्डदेखि नै नेपालीहरू बहादुरीपूर्वक साम्राज्यवादका विरूद्ध देशभक्तिपूर्ण लडाई लड्दै आइरहेका छन्। त्यो लडाईंले नेपाललाई कुनै पनि साम्राज्यवादी शक्तिहरूबाट प्रत्यक्ष औपनिवेशिक अवस्थामा जानबाट जोगाउ147दै आएको छ। यस पृष्ठभूमिको कारणले गर्दा राष्ट्रमाथि हुने कुनै पनि हमलाको विरूद्ध लड्ने आ147ट र हिम्मत अहिले पनि नेपालीहरूमा कायम छ। (घ) नेपाल हिमाल, पहाड, तराई र नदीनाला आदि प्राकृतिक सम्पदाले समृद्ध छ। यी स्रोतहरूलाई सदुपयोग गर्न सकेमा देश आर्थिक रूपमाले समृद्ध हुने सम्भावना प्रशस्त छ। आर्थिक अवस्थाले देश समृद्ध भए राष्ट्रियता र सार्वभौमिकता समेत सबल हुन मद्दत पुग्दछ। (ङ) यो देश सगरमाथाको देश र गौतम बुद्धको देश भनेर संसारभरि चिनिन्छ। त्यस्तै विगतमा वीर गोरखालीको देश भनेर पनि संसारले चिन्ने गर्थ्याे। यसप्रकारको ऐतिहासिक छविको कारण नेपालमामाथि प्रत्यक्ष हमला गरेर आफ्नो देशमा गाभ्ने आ147ट गर्नु कुनै पनि देशको लागि सहज छैन।
दुर्बल पक्षहरू
(क) सन् १८१६ को सुगौली सन्धिपछि ब्रिटिसले नेपालमाथि अर्धऔपनिवेशिक रूपमा घुमाइफिराइ शासन सञ्चालनमा हस्तक्षेप गर्न शुरू गरेको थियो। ब्रिटिस साम्राज्यवाद भारतबाट हटेपछि ब्रिटिस शासनको त्यही नीतिलाई भारतले अनुशरण गर्दै आइरहेको छ। देशका शासकवर्गहरूले त्यस स्थितिबाट मुक्त हुन प्रत्यत्न गर्नुको साटो सत्ता र कुर्चीका लागि भारतकै इच्छानुसार उनीहरूकै हितअनुरूप काम गर्दै आइरहेका छन्। (ख) देशमा अर्धसामन्ती र अर्धऔपनिवेशिक शोषणका कारणले स्वतन्त्र राष्ट्रिय पू147जीपतिको विकास हुन सकेको छैन। देशका शासकहरू सत्ताकालागि आपसी लडाईंमा अल्झेका कारणले देशको आर्थिक विकासमा यथोचित ध्यान दिन नसक्दा देशको समग्र राष्ट्रिय अर्थतन्त्र कमजोर हु147दै गएको छ। यसले नेपाली राष्ट्रियताको संरक्षण, प्रबर्द्धन र विकासमा भयंकर नकारात्मक असर परेको छ। (ग) अहिलेसम्म देखापरेका शासकवर्गहरूमा देशभक्तिपूर्ण भावनाको विकास हुन नसक्नुले राष्ट्रप्रतिको जिम्मेवारी यथोचित रूपमा निर्वाह हुन सकेको छैन। शासक वर्गमा देखा पर्दै आएका सत्तालिप्सा, विदेशप्रतिको दलाली प्रवृत्ति, सत्ता सञ्चालनमा विदेशी शक्तिहरूको अनावश्यक चलखेललाई बढावा दिने प्रवृत्ति बढ्दै गएको छ। परिणमस्वरूप राष्ट्र विदेशीहरूको चंगुलमा फस्दै गइरहेको छ। (घ) देशमा विखण्डनका आधारहरू ऐतिहासिक कालदेखि नै विद्यमान थिए। राज्यद्वारा विभिन्न जाति तथा जनजातिहरूलाई समानताको आधारमा व्यवहार नगरी दमनद्वारा उनीहरूका अधिकार कुल्चिदै जानुले विभिन्न जाति–जनजातिहरूमा राज्यलाई हेर्ने दृष्टिकोण झन् नकारात्मक बन्दै गयो। यसले शासक वर्गका जातिहरूप्रति विद्वेषको भावना विकसित हु147दै गयो। त्यसमाथि विभिन्न साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूद्वारा उनीहरूको त्यस भावनालाई दुरूपयोग गरी जातीय लडाईंमा भड्काउने प्रयत्न भयो। यसले राष्ट्रिय अखण्डतामाथि नै गम्भीर चुनौतीको स्थिति सिर्जना गर्योी। तात्कालीन शासक वर्गहरूले ती समस्यालाई न्याय र समानताको समाधान गर्नुको सट्टा उल्टो आफ्नो स्वार्थका लागि विभिन्न जाति–जनजातिहरूलाई काल्पनिक आश्वासन दिंदै गए यसले गर्दा विभिन्न जातजाति वर्ग र समुदायबीचको आपसी विश्वास भत्कदै गयो। वर्तमान अवस्थामा सा147स्कृतिक आन्दोलनको महत्व अझ बढेर गएको छ, जसलाई निम्न बु147दामा प्रस्तुत गरिएको छ –
(क) राष्ट्र र राष्ट्रियता भनेको कुनै पनि देशका नागरिकका लागि सबैभन्दा माथि हुन्छ भन्ने भावना आम राजनीतिक दल तथा कार्यकर्ताहरू र सर्वसाधारणमा विकास गर्नु। (ख) सत्ता, पद र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समय र परिस्थितिको माग अनुसार जनताको म्याण्डेड लिएर नेतृत्व वा सत्तामा पुगेका नेता वा दलहरूले आफूलाई सा147स्कृतिक रूपमा नै रूपान्तरण हुनुपर्छ भन्ने कुरामा जोड दिनु। (ग) जनताको म्याण्डेड प्राप्त दल वा व्यक्तिहरूले गर्ने राष्ट्रघात र जनघाती कदमको पर्दाफास गरी जनतालाई सचेत र संगठित पार्नु। (घ) सर्वसाधारण जनसमुदयहरूलाई सबै पार्टीका गलत नीतिको विरूद्ध संघर्ष गर्न प्रोत्साहित गर्नु र सही नीतिको पक्षमा उभिन प्रेरित गर्नु। (ङ) इतिहासका चालक जनता हुन् र राष्ट्र कुनै पनि दल वा नेताको पेवा होइन भन्ने कुरा व्यापक रूपमा जनसमक्ष प्रस्तुत गर्नु। देशघाती र जनघाती कदम उठाउने कुनै पनि पार्टी वा सरकारका विरूद्ध जनतालाई सचेत पार्दै त्यस्ता कारबाहीका विरूद्ध खबरदारी गर्नु।
निश्कर्ष :
समाजमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच निरन्तर संघर्ष चल्दै आएको छ। उत्पादक शक्तिहरूलाई अवरोध सिर्जना गर्ने उत्पादन सम्बन्धका विरूद्ध श्रमजीवी जनताले सधैं संघर्ष अगाडि बढाउदै आएका छन्। जहा147 उत्पादक शक्तिहरूको विकास हुन्छ तर उत्पादन सम्बन्ध बाधक बन्छ, त्यतिबेला उत्पादक शक्तिहरूले गतिरोधलाई तोडेर आफ्नो बाटो प्रशस्त गर्ने खालको उत्पादन सम्बन्ध स्थापित गर्दै आएका छन्।
नेपालको सन्दर्भमा उत्पादक शक्तिहरूले सामन्ती उत्पादन सम्बन्धलाई मिल्काएर जनवादी उत्पादन सम्बन्ध कायम गर्न निकै लामो समयदेखि संघर्ष गर्दै आएका छन्। बेला–बेलामा चलिरहने जनआन्दोलन, जनसंघर्ष र जनयुद्धहरू त्यसका उदाहरणहरू हुन् तर जनआन्दोलन वा जनसंघर्षको समापनपछि जनताको म्याण्डेड अनुरूप नेताहरूले काम गर्न नसकेको तीतो यथार्थ हाम्रो सामु छ। नेपालका हालसम्मका राजनीतिक मोडहरूमा जनता जुन ढंले अग्रगामी नारा लगाएर सडकमा होमिने गरेका छन्, त्यही भावनाअनुकूलको व्यवस्था स्थापना गर्न राजनीतिक नेतृत्व सधैं असफल हुने गरेको छ। जहिले पनि समन्वय–सम्झौतामा लगेर संघर्षलाई टुंग्याउने र जनतालाई धोका दिने काम हु147दै आएको छ। यसका विरूद्ध जनताले निरन्तर रूपमा सम्झौताहीन संघर्ष नगर्दासम्म र आफूलाई धोका दिने पार्टी एवम् नेताहरूलाई पहिचान नगर्दासम्म जनता र राष्ट्रको मुक्ति सम्भव छैन। अहिले देश तरल राजनीतिक अवस्थाबाट गुजि्ररहेको छ। यो संगीन एवम् संकटपूर्ण ऐतिहासिक घडिमा सबै जिम्मेवार राजनीतिक दलहरू, संघसंस्थाहरू र सचेत जनसमुदायहरू जिम्मेवारीपूर्वक आफ्नो ठाउ147बाट भूमिका निर्वाह गर्नुपर्ने जरूरी छ। तोकिएको मितिमा संविधान निर्माण नभए गणतन्त्रको सुदृढ हुन सक्दैन भने संघीयताको खारेज नभएमा राष्ट्रियताको रक्षा हु147दैन। यी तात्कालिक राजनीतिक मुद्दा राष्ट्र र जनताको हितमा अभिन्न रूपमा जोडिएका छन्। ठूला राजनीतिक दलका नेताहरूले दूरदर्शी भएर सोच्न सकेनन् भने 'न रहे बा147स, न बजे बा147सुरीको स्थिति पनि आउन सक्दछ। देशलाई अराजकताको स्थितिबाट गुज्रन नदिन जनतालाई बढी होसियार बनाउन र राजनीतिक दलहरूलाई खबरदारी गर्न आवश्यक छ। देशले संविधानविहिनताको स्थितिबाट ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था सिर्जना भयो भने एकअर्काप्रति दोषारोपण गरेर कुनै पनि जिम्मेवार दल वा नेताहरू चोखो रहन सक्ने छैनन्। उनीहरूलाई जनताले इतिहासको कठघरामा खडा गर्नेछन्। यसप्रति गम्भीर हुन रक्तिम अभियान सबैलाई अव्हान गर्न चाहन्छ।
अन्तमा, रक्तिम अभियानले यही २०६७ बैशाख ९–१५ सम्म काठमाडौंमा दोस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण सम्पन्न गर्न गइरहेको छ। त्यस्तै बैशाख १६ देखि जेष्ठ महिनासम्म देशको तात्कालीक राजनीतिक विषयस147ग सम्बन्धित रहेर देशव्यापी सा147स्कृतिक जागरण अभियान सञ्चालन गर्दैछ। यही सन्दर्भमा देशव्यापी रूपमा आयोजना गरिएको भेला, प्रशिक्षण, अन्तरक्रिया तथा संगठन विस्तारको अभियानलाई सफल पार्न सम्पूर्ण तह र तप्काका जनसमुदायस147ग अनुरोध छ। रक्तिम सा147स्कृतिक अभियान भेरी–कर्णाली क्षेत्रीय समन्वय समितिले राष्ट्रियताको सवाल र सा147स्कृतिक आन्दोलनको महत्व विषयक यसप्रकारको कार्यक्रम आयोजना गरेर सुर्खेत स्थित विभिन्न राजनीतिक विचारस147ग जोडिएका साहित्यकर्मी, पत्रकार, कलाकार, राष्ट्रप्रति जिम्मेवार विभिन्न पार्टी, सम्बन्धित बुद्धिजीवी व्यक्तित्वलगायत सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदायहरूस147ग भेटघाट गर्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद दिन चाहछौं।
(रक्तिम सा147स्कृतिक अभियान भेरी कर्णाली क्षेत्रीय समन्वय समितिद्वारा सुर्खेतमा चैत्र ७ गते आयोजित
अन्तरक्रियामा केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष जीवन शर्माद्वारा प्रस्तुत अवधारणा पत्र)
राष्ट्रियताको सवाल र साँस्कृतिक आन्दोलनको महत्व – जीवन शर्मा
Posted by
raktim pariwar
Thursday, March 25, 2010
0 comments