Content feed Comments Feed

– धनपति सापकोटा

सन्दर्भ रौतहट जिल्लाको हो। मेरो काम गर्ने मोर्चा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) भएकोले संगठन विस्तारका लागि म रौतहट जिल्लाको पौराइ गा.वि.स. मा पुगेको थिएँ। राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष विरबहादुर गोले ज्यूको घर पनि पौराई गा.वि.स. मै भएकोले वहाँको सहयोग लिनु मलाई नितान्त आवश्यक थियो। कहिले काहीं गाडीमा पूर्व पश्चिम गर्दा रौतहट जिल्लालाई बाटोले छोए पनि रौतहट जिल्लाको बारेमा मेरो अनुभव नयाँ नै थियो, त्यसैले वीरबहादुर गोले ज्यूकै सम्पर्क लिएर म त्यहाँ पुगेको थिएँ।
२०६६ असोज २५ गते बिहान म जनकपुर जाने गाडीमा नारायणघाटबाट चढेर रौतहटका लागि रवाना भएँ। रौतहट पुग्दा दिनको ३ बजेको थियो। वीरबहादुर ज्यू लगायत ३ जना साथीहरूले पौराइ पुलमा पर्खेर बसिरहनु भएको थियो। त्यहाँबाट हामीहरू मुख्य सडक छोडेर उत्तर तिर एउटा भर्खरै निर्माण गरिएको ग्रावेल बाटो तिर लाग्यौं। जंगलका ठूला–ठूला रूखहरू काटिएका थिए। जंगल नांगो चौरमा परिणत भएको देखिन्थ्यो। अलिकति अगाडि गएपछि एउटा सुख्खा खोला खोलामाथि भर्खरै निर्माण गरिएको ३० मिटर लामो पुल त्यो पुुल तरेपछि उत्तर तिर एउटा ग्रावेल बाटो पौराई गा.वि.स.को ६ नंं . वार्ड पर्दोरहेछ। पातलो – पातलो गाउँ त भर्खर नयाँ बसोबास गराईएको रहेछ। जंगलका रूखहरू साल, सिसौ, सखुवा माओवादीका कार्यकर्ताले जंगल तस्करी गरेर सकेपछि नांगोजमिनमा उनीहरूले नै एउटा जमातलाई बसोबास गराएका रहेछन्। अर्को ग्रावेल बाटो पुलबाट पूर्व दक्षिणबाट ५ नं. वार्ड पर्दोरहेछ। हामीहरू त्यही ५ नंं वार्डतिर लाग्यौं। बाटै–बाटो लाग्दा खेतमा टनक्कै धान खेती देखिन्थ्यो। सिंचाईको अभावको कारण धान खेती त्यति राम्रो भने थिएन। त्यहा पम्प सेटबाट पानी लगाउनका लागि पनि जमिन मुनीबाट प्रशस्त पानी निस्कँदो रहेनछ। धेरै गहिरो इनार खनेपछि मात्र मानिस र बस्तुहरू (गाई–भैसी) ले खानका लागि गुजारा चल्दो रहेछ। अलिकति अगाडि गईसकेपछि टाएलले छाएको एउटा काठको घर देखा पर्‍यो। त्यही रहेछ वीरबहादुर गोले ज्यूको घर। वरीपरी गुजुप्प गाउँ। हामी वीरबहादुर ज्यूको घर पुगेर बस्यौं। साँझ ७ बजेबाट कलाकार भाई–बहिनीहरूले तिहारको देउसी भैलोको लागि गीत र नाँचहरूमा रियलसल गर्नुहुन्थ्यो। भैलो खेल्नु भन्दा अगाडिका ५ दिन वीरबहादुर जी र म भएर विभिन्न गाउँहरूमा भेटघाट, भैलोका लागि सूचना पत्र तयार गर्ने र विभिन्न ठाउँमा वालपेन्टीङ गर्ने काममा लाग्यौं।
'संघीयता चाहिदैन देश टुक्र्याउन पाईदैन, गणतन्त्रको सुदृढिकरण, राष्ट्रियताको रक्षा र संघीयताको विरोध गरौ'ं भनेर लेख्दा कतिपय ठाउँमा हामीलाई प्रश्नहरू पनि गर्थे। के राष्ट्रियता जोगाउने ठेक्का राष्ट्रिय जनमोर्चाको हो? हामीले उत्तर दियौं हाम्रो मात्र ठेक्का होइन तर जनतालाई यस कारणले राष्ट्रियता खतरामा परेको छ भनेर सु–सुचित गर्ने हाम्रो कर्तव्य हो। असोज ३० गते बिहान हामीहरू कलाकार, माइक, डेक, बाद्य–बादनका साधनहरू बोकेर वीरबहादुर ज्यूको घरबाट बिहान ८ बजे बाटो लाग्यौं। जंगलै जंगलको बाटो आधा घण्टा हिडेपछि पौराई गा.वि.स.को ७ नं. वार्डमा पुग्यौं। त्यही गाउँको बीचमा भैलो खेल्न सुरू गर्यौं। रक्तिम सास्कृतिक अभियानका गीत र कलाकारहरूले कडा परिश्रम गरेर तयार पारिएका नाँचहरूले गर्दा कार्यक्रम निकै रोचक बनाएको थियो। त्यही एउटा घरमा खाना पकाएर खाएपछि दिउँसो १२ बजे हाम्रो २१ जनाको टोली त्यहाबाट प्रस्थान गर्‍यो। आधा घण्टा जति हिडेपछि हामी पौराई गा.वि.स.को ९ नंं वार्डमा पुग्यौं। गुजुप्प गाउँ भएको माझीहरूको गाउँ रहेछ। त्यसलाई कुशवार टोल भनेर चिनिदो रहेछ। त्यही गाउँको बीच चोकमा कार्यक्रम सुरू भयो। कार्यक्रम सुर भएपछि गाउँ भरीका जनता नाङलोमा बत्तीबालेर धान, चामल र पैसा नाङलो भरी राखेर कार्यक्रम हेर्न आए। देशै जान थाल्यो, टुक्रा–टुक्रा परेर भन्ने गीत र ग्रुप नाचले कार्यक्रम हेर्न आउने कयौं जनताको मनलाई भाव विभोर बनाएको थियो। त्यस गाउँका जनताले रक्तिम सास्कृतिक अभियानलाई निकै प्रशंसा गरे।
हामी त्यहाँबाट कार्यक्रम सकेर डेढ घण्टाको बाटो हिडेपछि जुडबेला गा.वि.स.को ९ नं. वार्ड बन टोलमा पुग्यौं। त्यहा तामाङ जातिहरूको ठूलो गाउँरहेछ। त्यस गाउँमा साझ ६ बजेबाट कार्यक्रम सुरू भयो। त्यहाँ त्यस गाउँका जनतालाई तामाङ भाषामा गाईएको गीत हुल्लाठिरी भन्ने गित र ग्रुप नाचले निकै प्रभाव पारेको थियो। हुल्लाठिरी भन्ने शब्दले देशमा चलिरहेको नीति भन्ने बुझाउँदो रहेछ। त्यो गीतले त्यही भनिरहेको थियो। आज हाम्रो देशमा राम्रो नीति छैन। राजनीतिज्ञहरू सत्तामा जाने र भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गरेका छन्। आज हाम्रो प्यारो मुलुक सिक्किमीकरण हुनै थालेको छ। गरिवलाई हेर्ने यो ब्यवस्था होइन। सामन्तहरूलाई लखेटेर गरिवको ब्यवस्था ल्याउनु पर्दछ। त्यसपछि हामी चन्द्रनिगाहपुर तिर लाग्यौं। साँझ बास चन्द्रनिगाहपुरमै भयो। भोलि पल्ट बिहान चन्द्रनिगाहपुरका विभिन्न ३ वटा गाउमा भैलो खेलेर दिउँसो चन्द्रनिगाहपुरको बजारमा कार्यक्रम राखियो। कार्यक्रम स्थल हेर्ने जनताको ओइरो लागेको थियो। मैदान खचाखच भरिएको थियो। त्यहाँ कार्यक्रम संचालन मैले गरेको थिएँ। राष्ट्रिय जनमोर्चाको नीति कार्यक्रमबारे वीरबहादुर गोले ज्यूले १० मिनेट बोल्नु भएको थियो। त्यहाँ कार्यक्रम सकेपछि बस चढेर हामीहरू सर्लाही जिल्लातिर लाग्यौं। सर्लाही जिल्लाको हरीवन गा.वि.स. कर्मैया गा.वि.स.का विभिन्न गाउँहरूमा २ दिनसम्म एवं रीतले भैलो खेलियो। त्यहाका जनताले पनि निकै प्रसंसा गरे। देशै जान थाल्यो, टुक्रा परेर, सगरमाथा उठ अब भन्दैछ, हुल्लाठिरी भन्ने गीत नाचहरूले जनताको हृदयमा विशेष स्थान पायो। त्यसपछि हामी त्यहाँबाट फर्केर फेरी रौतहट तिर नै आयौं। कात्तिक ३ गतेसम्म भैलो खेलेर कार्यक्रम समापन गरीयो। रौटहतको लागी २०६६ सालको देउसी भैलो उत्साहजनक र रमाइलो साथ विदाई गरीयो।

1 Responses to २०६६ सालको तिहारमा देउसी भैलो एक स्मरण

  1. देशको बेहाल के सुनाउ साथि यो छाति पोल्दै छ
    फेरि पनि हुकुमि सासन चल्दै छ
    गोलि चल्दै छ

    दुइ छाक टार्न गाह्रो भो हामिलाइ मजदुरि बढाइदे
    बालबच्चा पाल्न गाह्रो भो हमिलाइ बेतन बढाइदे
    भनेर ताति लाउनेलाइ सरकार् लाठिले ढाल्दै छ
    के बताउ खबर् जनता मार्ने कुसासन् चल्दै छ

    बस्ने ठाउँ छैन टेक्ने ठाउँ छैन् थातबास् देखाइदे
    किनिनसक्नु बजारको मुल्...य महँगि घटाइदे
    भनेर ताति लाउनेलाइ सरकार् बन्दुकले ढाल्दै छ
    के बताउ खबर यो देश बेच्ने कुचाल

     

Post a Comment

Download songs

Dear visitor
we know you are so interested to listen songs of raktim pariwar. we know it and we are planning to upload songs in this blog. it may take some time to upload our songs. we have found some site give facilities to downoad some songs. you can directly go to that site by clicking here. thank you.

About Us

My Photo
raktim pariwar
रक्तिम परिवार २०४२ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै जनताका गीत गाउदै आएको रक्तिम परिवार जनबादी गायन मा नेपालमै अग्रणी समुह हो ।
View my complete profile