Content feed Comments Feed

असी वर्षका भरियाको गीत

Posted by raktim pariwar Monday, November 23, 2009

पूर्वी नेपालमा जाँदा एउटा ठाडो उकालोमा चौतारीमा भारी बिसाएर बसेका थिए एक ८० वर्षका वृद्ध्। निधारमा आएको खलखली पसिनालाई पुछ्दै ती वृद्धले आफ्नो जीवनको दुःख र पीडा एक जनालाई पोखेका थिए। त्यही पीडाको कथालाई संगीतमा उनेर एउटा गीत बन्यो- सिमली छायाँमा बसी भरिया लामो श्वास फेरेको… जुन पञ्चायत कालमा निकै लोकप्रिय बनेको थियो। बूढाको कथा सुनेर त्यसैको आधारमा गीत बनाउने तिनै गायक जीवन शर्माले लोकतान्त्रिक गणतन्त्रका लागि काठमाडौँमा आयोजित एउटा कार्यक्रममा यो गीत गाउँदा मैले त्यसलाई भिडियोमा कैद गरेको थिएँ। पप र र्‍यापमा मस्त हुनेहरुका लागि खासै मनोरञ्जक नहोला, तर यो गीतले नेपालका ग्रामीण बासिन्दाको वास्तविक पीडा भने बोकेको छ।
गीतको अन्त्यमा यस्तो छ-
मेरो उमेरभन्दा बूढो सामन्ति शासन
यो व्यवस्था रहुञ्जेल पाइन श्वास फेर्न
मै बूढो नि जान्छु अब सामन्तलाई घेर्न
उठ हे भरिया ज्यामी
यो देश खरानी भइसक्यो
गइगयो हाम्रो जुनी
अब त अबेला भइसक्यो

यो लेख पुरा हेर्न यहाँ क्लिक गर्नुहोश

1 Responses to असी वर्षका भरियाको गीत

  1. jiban Says:
  2. geet downlode garna babasta panee vaya ramro huntho kee

     

Post a Comment

Download songs

Dear visitor
we know you are so interested to listen songs of raktim pariwar. we know it and we are planning to upload songs in this blog. it may take some time to upload our songs. we have found some site give facilities to downoad some songs. you can directly go to that site by clicking here. thank you.

About Us

My Photo
raktim pariwar
रक्तिम परिवार २०४२ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै जनताका गीत गाउदै आएको रक्तिम परिवार जनबादी गायन मा नेपालमै अग्रणी समुह हो ।
View my complete profile